Logo
Logo

महाधिवेशन धाँधलीरहित बनाउन पौडेल पक्षको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन धाँधलीरहित बनाउन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । शुक्रबार पौडेल पक्षका नेताले सभापति देउवालाई बालुवाटारमा भेटेर यस्तो आग्रह गरेको हो ।

महाधिवेशनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सभापति देउवालाई ध्यानाकर्षण गराएको वरिष्ठ नेता पौडेलले बताएका छन् । उनले सामाजिक सञ्लाजमा स्टाटस लेख्दै पार्टीको महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर आग्रह गरेको बताएका छन् ।

सभापति देउवालाई भेट्न महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिं के.सी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोली बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्