Logo
Logo

एमाले सांसदहरुले नाराबाजी गरेपछि बैठक १५ मिनेट स्थगित




काठमाडौं । प्रतिनिधिसभा बैठकमा सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको शुक्रबारको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्नेवित्तिकै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर नाराबाजी सुरु गरेका थिए । त्यसपछि सभामुखले १५ मिनेटका स्थगति भएको घोषणा गरेका छन् ।

आजको बैठकमा सरकारले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले परिमार्जन गर्ने भएको हो । यही कारण बजेट अध्यादेश जस्ताको त्यस्तै प्रस्तुत नगरेर प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्