Logo
Logo

बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत



काठमाडौं । प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

प्रस्तुत विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको हो । तीनै वटा अध्यादेश प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्