Logo
Logo

बैठक, भ्रमण र तालिम भत्ताको बजेट कटौती



काठमाडौं । सरकारले बैठक, भ्रमण र तालिम भत्ताको बजेट कटौती गरेर कोरोना खोपमा खर्च गर्ने भएको छ । बैठक, भ्रमण र तालिम भत्ता कटौती गर्दा बचत हुने ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री शर्माले भत्ता कटौती घोषणा गरेका हुन् । उनले भने– ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन आउने देखिएको ५ अर्ब कोभिड खोपका लागि उपयोग गर्ने प्रवन्ध मिलाएको छु ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चर्को नाराबाजीबीच अर्थमन्त्री शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्