Logo
Logo

ओलीको गृह जिल्लामा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी घोषणा भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला रहेको झापामा वेदराज रेग्मीको अध्यक्षतामा एकीकृत समाजवादीको ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको हो ।

एमालेमा विवाद चर्किएका बेला गठन भएको समानान्तर कमिटीलाई नै जिल्ला कमिटीमा रुपान्तरण गरिएकाे हाे ।

एकीकृत समाजवादीले जिल्ला भेला आयोजना गर्ने, पार्टीको काम सञ्चालनका लागि सचिवालय गठन र जिल्लाको १५ वटै स्थानीय तहमा १० दिनभित्र पार्टी तथा भातृसंगठनहरूको कमिटी गठन गर्ने जिल्ला अध्यक्ष रेग्मीले बताए ।

झापाको बिर्तामोडमा पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र १ नम्वर प्रदेश अध्यक्ष घनेन्द्र वस्नेतको आतिथ्यमा बसेको बैठकमा झापाका पाँच वटै निर्वाचन क्षेत्रमा १५ दिनभित्रमा क्षेत्रिय कमिटी गठन गर्ने र पार्टीको विभागलाई पूर्णता दिने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्