Logo
Logo

एमसीसी उपाध्यक्ष सुमार बालुवाटारमा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार बालुवाटार पुगेकी छन् । सुमार शुक्रबार अपराह्न प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेकी हुन् ।

बिहीबार नेपाल आएकी उपाध्यक्ष सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यमा माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेकी छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्