एकीकृत समाजवादी चितवनको अध्यक्षमा कृष्णराज पन्त « Drishti News – Nepalese News Portal
Logo

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कृष्णराज पन्त


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)काे चितवन अध्यक्षको जिम्मेवारी डा. कृष्णराज पन्तलाई दिइएको छ ।

शुक्रबार भरतपुरमा आयोजित एक कार्यक्रमका बीच डा. पन्तको नेतृत्वमा २ सय २३ सदस्यीय जिल्ला कमिटी घोषणा भएको हो । उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज लब्ली न्यौपाने, सचिवमा केपी लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्य चयन भएका छन् ।

यस्तै ५ सदस्यीय सचिवलाय सदस्यहरुमा खोमकान्त रेग्मी, नरेन्द्र कन्दङवा, प्रेमराज तिमिल्सिना, विष्णुराज महतो, विष्णुहरी तिवारी छन् ।

विष्णुराज महतोको अध्यक्षतामा ६८ सदस्यीय भरतपुर महानगर कमिटी पनि घोषणा समेत भएको छ । उपाध्यक्षमा केशवराज पोखरेल, सहसचिवमा शोभा पण्डित रहेका छन् । सचिव पदमा पछि मनोनित हुने जनाइएको छ ।

जिल्ला अध्यक्षको जिम्मेवारी पाएका डा. पन्तले २०५८ सालमा एमालेको सचिवालय सदस्य एवं क्षेत्र नम्बर १ का इन्चार्जको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी केन्द्रीय निर्वाचन विभागका सदस्य पनि हुन् ।

यस्तै, महानगर कमिटी अध्यक्ष महतो भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हुन् ।

जिल्ला र महानगर कमिटी दुवैलाई केन्द्रीय कमिटी सदस्य केदार न्यौपानेले सपथग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्