Logo
Logo

कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका पुनः हेरफेर भएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति संशोधन गरिएको हो । समितिका संयोजक महादेव यादवका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनेछ ।

यस्तै,पालिका अधिवेशन ९ असोज, प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोज र एकभन्दा बढि प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अविधेशन १८ असोजमा गर्ने संशोधित कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्