Logo
Logo

एमाले सांसदको अमर्यादित अभिव्यक्ति- सभामुखको टाउको फुटाउने योजना थियो



काठमाडौँ । नेकपा एमालेका सांसद रेखा कुमारी झाले संसदमा सभामुख र अर्थमन्त्रीको टाउको फुटाउन खोजेको प्रतिक्रिया दिएकी छन् ।

संसदको बैठकपछि सांसद झाले प्रतिपक्षीको विरोधका बीच संसद चलाएको भन्दै सभामुख अग्नीप्रसाद सापकोटा र अर्थमन्त्री जर्नादन शर्माको टाउको फुटाउने आफूहरुको योजना रहेको बताएकी हुन् ।

बैठकपछि पत्रकारहरुसँग सांसद रेखा कुमारीले भनिन्, ‘हामीले जे पायो त्यसैले टाउको फुटाउने हाम्रो योजना थियो । टाउको फुटाइदिन्थ्यौँ । पहिले गल्ती कसले गरेको हो ?’ कसलाई हान्ने योजना थियो भन्ने सञ्चाकर्मीको प्रश्नमा उनीले भनिन्, ‘सभामखुलाई हान्थ्यौँ, अर्थमन्त्रीलाई हान्थ्यौं ।’

उनले प्रतिपक्षीले विरोध गरिरहँदा संसद चलाएमा प्रतिकार गर्ने बताइन् । उनले संसदमा सशक्त विरोध गर्ने बताइन् । संसदमा मर्यादापालकले रोष्ट्रममा जानबाट रोकेका थिए । एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुखको विरोध गर्दै रोष्ट्रममा उक्लिने प्रयास गरेका थिए ।

संसद अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले संसोधित बजेट पेस गरेका थिए । शुक्रबार संसद अवरोध हुँदा लगातार दोस्रो पटक बैठक स्थगित भएर सुचारु भएको थियो । बैठकमा एमालेका सांसदहरुले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सदन अवरुद्ध प्रयास गरिरहेका छन् । एमाले सांसदहरुकै विरोधका कारण शुक्रबारको संसद बैठक दुई पटक स्थगित गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्