Logo
Logo

अधिकारी सचिवमा बढुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ बैशाख ।
गत साता मात्र कामु सचिवको जिम्मेवारी पाएका सुरेश अधिकारी सचिवमा बढुवा भएका छन् । मंगलवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कामु सचिव अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई सरकारले प्रदेश १ को कामु प्रमुख सचिवको जिम्मेवारी दिएको थियो । मंगलबार वढुवा भएका अधिकारीलाई प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

केही दिनअघि मात्रै लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको सचिव सिफारिस समितिको बैठकले अधिकारी सहित सहसचिवहरु तोयानारायण ज्ञवाली र तोयम रायलाई सचिव वढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसमा परेकामध्ये एक नम्बरमा रहेका अधिकारीलाई सचिबमा वढुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्