Logo
Logo

एमालेमा विधान महाधिवेशनबारे छलफल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनबारे छलफल भइरहेको छ ।

आज बिहान ९ बजेदेखी सुरु बैठक १ बजे सम्म चल्यो । त्यसपछि स्थागित भएको बैठक आजै ३ बजे पुनः बस्ने केन्द्रीय सदस्य एवं कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बीचमा दुई घण्टाका लागि बैठक स्थगित भएको उनले बताए ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल केन्द्रित रहेको बताइएको छ । बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

आफ्नो माग सम्बोधन नभएको भन्दै संसद अवरुद्ध गर्दै आएको एमालेले अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गरेर थप निर्णय गरिने स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताए ।

यसअघि एमालेले शुक्रबार दिउँसो ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । तर, प्रतिनिधिसभा बैठकका कारण स्थायी कमिटीको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्