Logo
Logo

अखिल क्रन्तिकारी भोजपुरको अध्यक्षमा विश्वास राई



भोजपुर । नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रन्तिकारी) भोजपुरको अध्यक्षमा विश्वास राई निर्वाचित भएका छन् । १३ औं जिल्ला सम्मेलनबाट राईकाे अध्यक्षमा ३५ सदस्य समिति गठन गरिएको हो ।

उपाध्याक्ष मौसमचन्द्र राई र करिना भुजेल, सचिव हेमराज राई, सह–सचिव विष्णुप्रसाद लुइटेल र सुसन कार्की निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्ष सुनिता राई निर्वाचित भएका छन् ।

नवनिर्वाचित राईले संगठन आफूभन्दा प्यारो भएकाे र कहिल्यै धोका नदिने बताए । संगठनको लागि डटेर लाग्ने उनको प्रतिबद्धता छ । उनले भने, ‘मेरो आफ्नो जिन्दगीको सम्पूर्ण समय संगठनलाई दिनेछु र आफ्नो कार्य क्षेत्रमा डटेर लाग्नेछु ।’

विद्यार्थीको हकहितलाई केन्द्रमा राखेर जिल्लाको प्रत्येक विद्यालयमा संगठनको निमार्ण गर्ने उनको भनाइ छ ।

त्यस्तै वैचारिक, राजनीतिक र नैतिक विषयमा प्रशिक्षण कार्यक्रम पनि संञ्चालन गर्ने उनले बताए । उनले भने, ‘विद्यार्थी नै भविष्यको असल राजनीतिक नेतृत्व र राष्ट्र निर्माता भएकोले वैचारीक, राजनीतिक र नैतिक विषयमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने छौँ ।’

शैक्षिक क्षेत्रमा देखिएको विंसगतिको भण्डाफोर गर्ने उनको भनाइ छ । उनले भने, ‘शैक्षिक क्षेत्रमा देखिएको विसंगतिको भण्डाफोर गर्दै शिक्षक, अविभावक र विद्यार्थीको बीचमा पक्कि पुलको भूमिका निर्वाह गर्ने कोसिस गर्ने छाैँ ।’

पार्टीको नीति र निर्देशनलाई शिरमा राखेर आन्दोलनलाई उठाउन सम्पूर्ण रुपमा योगदान गर्ने पनि उनको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्