Logo
Logo

एकीकृत समाजवादी पर्सा जिल्ला कमिटीको अध्यक्षमा थापा



पर्सा । नेकपा (एकीकृत समाजवादी) पर्सामा बालगोपाल थापाको अध्यक्षमा एक सय ७५ सदस्यीय जिल्ला कमिटीको घोषणा भएको छ ।

आज (शनिबार) वीरगंजमा भएको एक भेलामा थापा अध्यक्ष र विक्रम चौरसिया सचिव रहने गरी जिल्ला कमिटीको घोषणा भएको हो । थापाको नेतृत्वमै यसअघि एमालेको समानान्तर कमिटी रहेको थियो । थापा वीरगंजको पुराना कम्युनिष्ट नेता मध्येको एक हुन् ।

नवघोषित जिल्ला कमिटीका सदस्य बृजलाल पासवानका अनुसार भेलामा पार्टी केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, रामचन्द्र यादव लगायतको विशेष सहभागीता रहेको छ ।

जिल्ला कमिटीको घोषणा पश्चात सबैलाई सपथ गराइएको छ । आजै जिल्ला कमिटीको बैठक वीरगंजमा बसेको पासवानले बताए ।

यसैगरी वीरगंज महानगरपालिका कमिटीको अध्यक्षमा मनोज चौधरीलाई चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्