Logo
Logo

‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध शनिबार काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

विभिन्न संस्थाको अगुवाइमा एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । उनीहरुले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । प्रदर्शनका क्रममा नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप भएको गरेको थियो ।

सो क्रममा प्रहरी र प्रदर्शकारीबीच पटक पटक झडप भएको छ । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनका उत्रेका दुई दर्जनबढिलाई नियन्त्रणमा लिएको थियो ।

एमसीसीका बिरुद्ध काठमाडौंमा पछिल्लो समय निरन्तर विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्