Logo
Logo

एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा पाण्डेय



पाल्पा । नेकपा (एकीकृत समाजवादी)ले पाल्पामा एक सय २५ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ ।

आज (शनिबार) तानसेनमा भएको भेलाले कमल पाण्डेयको अध्यक्षमा १२५ सदस्यीय कमिटी घोषणा गरेको हो । पाण्डेय यसअघि नेकपा एमालेमा उपसचिव थिए ।

पाध्यक्षमा लुम्विनी प्रदेश सभाका सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उपसचिवमा कमल सेनलाई चयन गरिएको छ । तीने जना यसअघि एमालेका जिल्ला कमिटि सदस्य रहेको थिए ।

समाजवादीले एक सय २५ सदस्यीय जिल्ला कमिटिमा ७५ सदस्यको नाम सार्वजनिक गरेको छ । बाँकी ५० जनाको नाम टुङ्ग्याउन बाँकी रहेको समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेयले बताए ।

भेलामा पाल्पा क्षेत्र नं– २ बाट निर्वाचित सङ्घीय सांसद सोमप्रसाद पाण्डेय, समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्