Logo
Logo

फलामे बिलेटमा आत्मनिर्भर बन्दै नेपाल


1.4k
Shares

काठमाडौं । गत शुक्रबार आएको बजेट प्रतिस्थापन विधेयकले आन्तरिक विद्युत्को खपत बढाउन, भारतसँग बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न र स्वदेशमै थप रोजगारी सिर्जना गर्न फलामे छड उत्पादनमा आत्मनिर्भर बनाउन स्टिल बिलेटमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शून्यमा झारेको छ ।

यसबाट वार्षिक ३०० मेगावाट विद्युत् खपत हुनुका साथै लगानी र थप रोजगारी बढ्ने छ । त्यो भन्दा महत्वपूर्ण कुरा यो निर्णयले व्यापार घाटा कम हुँदै जानेछ । देशलाई आत्मनिर्भरको बाटोमा लैजाने र पूर्वाधार निर्माणमा यो कोशेढुंगा सावित हुनेछ । तत्कालका लागि यो निर्णय हुचवाको भरमा गरेजस्तो देखिए पनि दीर्घकालमा यो निर्णयले अर्थतन्त्रलाई टेवा दिनेछ ।

बजेटले त्यसैकारण स्पन्ज आइरनमा लाग्दै आएको ५ प्रतिशत भन्सार पनि पूर्णरुपमा हटाइदिएको छ र भारतबाट आयातित बिलेटमा लाग्ने अन्तःशुल्क प्रतिटन २५०० रुपैयाँ पु¥याएको छ । यसबाट बिलेट आयातमा पूर्णविराम लाग्नेछ । बजेटको पछिल्लो कर नीतिले बिलेट ल्याएर रोलिङ मात्रै गर्दै आएका डन्डी उद्योगहरुलाई समेत स्टील बिलेट उत्पादन क्षमता बढाउनुपर्ने दबाबमा परेका छन् ।

बजेटको यो नीतिले नेपाली उद्योगले नै बिलेट उत्पादन गर्दा बिलेट तथा डन्डीको गुणस्तर नियन्त्रणमा सुधार हुनुका साथै बिलेटमा विदेशी निर्भरता न्यून गर्नेछ । अहिले डेढ दर्जन हाराहारी स्टिल उद्योगले भारतबाट बिलेट आयात गर्दै आएका छन् । जसले व्यापारघाटा चुलिएको छ । त्यसैले अन्य उद्योगले पनि अब भारतबाट बिलेट ल्याएर डण्डीमात्र बनाएर बिक्री गर्नुभन्दा आफ्नो उद्योगको क्षमता वृद्धि गर्नु आवश्यक भएको छ ।

प्रतिक्रिया दिनुहोस्