Logo
Logo

आफन्त भारतमा बेपत्ता हुँदा तनावमा परिवार



कामठाडौं । रोजगारीका लागि भारत गएका स्याङ्जाका शोभकान्त लामिछाने ३५ वर्षपछि भदौ पहिलो साता भेटिएको खबर सञ्चारमाध्यममा पढ्दा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ की प्रियंका काफ्लेलाई पनि आशा जागेको छ । १३ वर्षअघि रोजगारीका लागि नयाँदिल्ली पुगेका बुवा शिवराज पनि फर्किन्छन् कि भन्ने आशा उनमा सञ्चार भएको छ ।

‘बुवा २०६५ सालमा रोजगारीका लागि भारत जानुभएको थियो,’ उनले भनिन्, ‘अहिलेसम्म न फर्किनुभयो न सम्पर्कमै हुनुहुन्छ ।’ रोजगारीका लागि भारत गएका नेपाली धेरै समयपछि घर फर्केको समाचार सुन्दा बुवा पनि टुपलुक्क आइपुग्ने आशा जागेको उनले बताइन् ।

प्रियंका ८ वर्षकी हुँदा उनका बुवा नयाँदिल्ली गएका थिए । उनले भनिन्, ‘बुबा २०६५ फागुनमा भारत जानुभयो, चैतमा बहिनी जन्मिन्, बहिनी पनि १३ वर्षकी भइसकिन् तर बुवा अझै आउनुभएको छैन ।’ धेरैपटक खोजी प्रयास गर्दा पनि बुवा नभेटिएको उनले बताइन् । ‘हामीले बुबाको खोजीका लागि दिल्लीमा काम गर्ने आफन्तलाई पनि सम्पर्क गरिरहेका छौं,’ उनले भनिन्, ‘तर उहाँको पत्तो लागेको छैन।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्