Logo
Logo

कठै हाम्रो संसद् !



काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेका सांसदहरूले प्रतिनिधिसभा बैठकमा आइतबार पनि सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरे । वेलमा उभिएर एक जनाले चोर औंला तेर्स्याएर नारा भट्याएपछि अरू सांसदले उसैगरी स्वरमा स्वर मिलाउँथे । एमालेले सभामुखलाई लक्ष्य गरेर लिखित नारा नै तय गरेको छ– ‘पक्षपात पूर्ण व्यवहार मुर्दाबाद’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दाबाद’, ‘संसदीय मर्यादा कायम गर’, ‘गैरसांसदलाई प्रवेश निषेध गर ।’

नवौं अधिवेशन सुरु भएदेखि नै प्रतिनिधिसभामा सभामुख सापकोटाविरुद्ध नाराबाजी जारी छ । ‘संसद्मा प्रमुख प्रतिपक्ष सरकारले ल्याएको बिजनेसमा केन्द्रित हुनुपर्नेमा अहिले सभामुखतिर देखिएको छ,’ पूर्वसभामुख दमननाथ ढुंगानाले टिप्पणी गरे, ‘सभामुखविरुद्ध त यसरी आवाज उठाउनै मिल्दैन । यस्तो नहोस् भनेर संसद्को नियमावलीमै व्यवस्था गरिएको छ ।’

आफूविरुद्ध प्रश्न उठेपछि सभामुखले काम गर्नै नसक्ने उनले बताए । ‘कसैले प्रश्न उठाउने हो भने भित्री रूपमै मिलाउनुपर्छ, हाउसभित्र होइन,’ उनले भने । प्रतिनिधिसभा नियमावलीको नियम २१ मा संसद् बैठकको छलफलमा भाग लिने सांसदले सभामुखले पदअनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावमाथि छलफलका क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने, सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने उल्लेख छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्