बीपीका उपकुलपति कारबाहीमा, प्राध्यापक भएको प्रमाण भेटिएन « Drishti News – Nepalese News Portal
Logo

बीपीका उपकुलपति कारबाहीमा, प्राध्यापक भएको प्रमाण भेटिएन


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले उपकुलपति डा. गिरी प्राध्यापक भएको भन्ने प्रमाण कतै नभेटिएकाले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया शुरू गरिएको बताए ।

बीपीमा भदौ २० गतेदेखि उपकुलपतिको बर्खास्तीको माग राखी आन्दोलन जारी रहेको अवस्थामा मन्त्रालयले उपकुलपति डा. गिरीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलले तयार पारेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गरिने जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएको भ्रष्टाचार छानबिन गर्न सबै कागजात लिइसकेको र छानबिन भइरहेको भन्दै मन्त्रालयले विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुत्ति मापदण्ड तय गर्न प्राध्यापकसहितको समिति गठन भई कार्य अघि बढाइसकेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्