Logo
Logo

आईसीसी विश्वकप क्रिकेट: पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग लिग टू आजबाट ओमानमा सुरु हुँदैछ । आज त्रिदेशीय शृ‌खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आज कोरोना महामारीका कारण पूर्व निर्धारित तालिकामा असर परेपछि लिग टू अन्तर्गत ३६ मध्ये पाँचौं खेल खेल्न लागेको हो । यसअघि करिव डेढ वर्षअघि नेपालमै भएको शृंखलामा घरेलु टोलीले चार खेलमा ४ अंक बनाएको छ ।

लिग टूको शीर्ष तीनभित्र रहेर एकदिवशीय विश्वकप खेल्ने आशा जगाउन नेपालका लागि यो शृंखला निकै महत्वपूर्ण खेल मानिएको छ । लिग टू मा अमेरिकाले अहिलेसम्म १२ खेल खेलेकोमा ६ खेलमा जित हासिल गरेको छ भने ६ खेलमा पराजय ब्यहोरेको छ ।

नेपालमा भएको शृंखलामा अमेरिकाले नेपालसँग दुई गरी चारै खेलमा पराजय ब्यहोरेको थियो । तर अमेरीका अन्तिमपल्ट फेब्रुअरी २०२० मा नेपाल आउँदा र अहिलेको टिममा निकै परिवर्तन भएको छ । त्यो बेला टिममा रहेका केहि खेलाडी अहिलेको टिममा छैनन् । यसका साथै यो पटक टिममा केहि युवा खेलाडीलाई समेटिएको छ भने दुई जनाले पहिलो पटक लिग टू मा डेब्यू गर्दैछन्।

यो पटक अमेरिकी टिम पूर्ण आत्मविश्वासका साथ ओमान पुगेको छ । पाकिस्तान र भारत र वेष्ट इन्डिजका खेलाडीको मिश्रण रहेको अमेरिकी टिमका कप्तान सौरभ नेत्रवाल्करले नेपाललाई सजिलो प्रतिद्धन्द्धी नभएपनि जित निकाल्नेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्