Logo
Logo

एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा महतो



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् ।

महतो तत्कालीन एमालेको प्रदेश २ को दलको नेता थिए । तर, एमाले बिभाजन भएर एकीकृत समाजवादी पार्टी भएपछि उनी एकीकृत समाजवादी तर्फ हस्ताक्षर गरेर रोजेका थिए ।

एकीकृत समाजवादीका सांसद डिल्ली उप्रतीले महतो दलको नेता चयन भएको बताए । दलको नेता चयन गरेको एकीकृत समाजवादीले प्रमुख सचेतक र सचेतक पछि चयन गर्ने बताईएको छ । दलको नेता चयन गरेर प्रदेशसभा सचिवालयलाई समेत त्यसको जानकारी गराईसकिएको छ ।
एमाले हँदा महतो नै दलको नेता रहेको र उनी एकीकृत समाजवादी पार्टी रोजेपछि अब एमाले दलको नेता चयन गर्नेछ । प्रदेश २ एमालेका २२ सांसद मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्