Logo
Logo

भ्रष्टाचार र अनियमितता गरेकाे भन्दै गौरीगंगा नागरपालिकामा तालाबन्दी


हिक्मत बम


धनगढी । कैलालीको गौरीगंगा नगरपालिका कार्यालयमा पाँच दलीय गठबन्धनले तालाबन्दी गरेको छ ।

आफूूहरुले उठाएका माग सम्बोधन गर्न नगरपालिकाले कुनै तदारुकता नदेखाएको भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

सठबन्धले अनियमित तरिकाले रोयल्टी संकलन गरेको, आवश्यकता भन्दा बढी करारमा राखिएका कर्मचारीलाई हटाउनुपर्ने लगायतका ६ बुँदे माग राख्दै आएको छ ।

कांग्रेसका क्षेत्रीय सभापति दिनेश जोशीले भने, ‘आर्थिक अनियमितता र भ्रष्टाचारजन्य बेतिथिविरुद्धको आन्दोलनमा हामी छौं । हामीले उठाएका माग सम्बोधन नभएसम्म ताला खोल्दैनौं । भ्रष्टाचार विरुद्धको संयुक्त अभियान जारी राख्छौं ।’

गत भदौ ५ गते पाँच वटै दलले संयुक्त ज्ञापनपत्र बुझाउँदै ६ बुँदे माग अघि सारेका थिए । जसमा नगर शिक्षक कार्यविधि संशोधन गर्नुपर्ने, करार कर्मचारीको हकमा समिति बनाएर आवश्यकताभन्दा बढी कर्मचारीलाई हटाउनुपर्ने, रोयल्टीको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै विद्यालयको आवश्यकताअनुसार विद्यालय व्यवस्थापन समितिको विषय शिक्षकको दरबन्दी कायम गर्नुपर्ने, लामो समयदेखि निजी स्रोतमा काम गर्दै आएका शिक्षकहरुलाई प्रक्रिया मिलाएर नियुक्त गर्नुपर्ने र नगरपालिकाको बेरुजु फछ्यौट गर्नुपर्ने गठबन्धनको माग छ ।

प्रतिक्रिया दिनुहोस्