Logo
Logo
सर्वदलीय बैठक

एमालेसँग सम्वाद गर्न सभामुखलाई सुझाव



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग सम्वाद गरेर गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुले सुझाव दिएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सभामुख सापकोटालाई एमालेसँग सम्वाद गर्न सुझाव दिएका हुन् । एमालेले संसदमा विरोध जारी राखेकाले सर्वदलीय बैठक मार्फत निकास खोज्न आज सभामुख सापकोटाले छलफल गरेका छन् । तर एमाले सो सर्वदलीय बैठक बहिष्कार गरेको छ ।

छलफलमा सहभागि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सभामुखलाई एमालेसंग छलफल गरेर निकास खोज्न सुझाव दिएको बताईन् ।

‘बैठकमा सभामुखले पहिला पनि छलफल गरेर र भोली पनि छलफल गरेर गतिरोध अन्त्य गर्ने बताउँनुभयो । हामीले पनि प्रतिपक्षीलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छौं’ छलफल पश्चात उपाध्यक्ष पौडेलले भनिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले छलफलबाटै निकास निष्कने भएकाले सम्वादलाई निरन्तरता दिन सुझाव दिएको बताए ।

कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सम्वाद सुनाएका थिए । दलका नेताले आजको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनले बताएका थिए ।

२३ भदौ गतेदेखि सुरु भएको संसद अधिवेशनमा एमालेले अवरुद्ध गरिरहेको छ । तर आफ्नै मागको बारेमा समाधान खोजन बोलाईएको सर्वदलीय बैठक एमाले बहिष्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्