Logo
Logo

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्षमा शुभराज चयन



काठमाडाैं । नेकपा(एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्षमा शुभराज बाेम्जन चयन भएका छन् ।

अनलाइन जुम प्रविधिमार्फत भएको घोषणा सभामा बाेम्जनकाे अध्यक्षतामा २७ सदस्य राष्ट्रिय कमिटी गठन गरिएकाे हाे ।

भेलाले उपाध्यक्षहरूमा रमेश थापा मगर, दशरथ कुँवर र सुर्य रुम्बालाई चयन गरेकाे छ भने महासचिवमा राजकुमार राई (राजु), सचिवद्वयमा अनिता रुम्बा तामाङ र जगदीस घरडी चयन भएका छन् ।

यस्तै, संगठन विभाग प्रमुखमा अवदेश राज चौरासिया, आर्थिक विभाग प्रमुखमा जगत वाईवा, अनुशासन विभाग प्रमुखमा उमेश कुँवर, युवा विभाग प्रमुखमा घनश्याम अधिकारी र सूचना तथा प्रचारप्रसार विभाग प्रमुखमा अमिर योन्जन चयन भएका छन् ।

यसैगरी मञ्चको केन्द्रीय सदस्यमा झलक क्षेत्री, उदिप थुलुङ, कविराज गिरि, जयराम रिमाल,विमल देवकोटा छनोट भएका छन् । युवराज राई, धन कुमार राई, खानीमाया सुनुवार, सन्तोष शाह, सन्देश राई, ज्ञानेन्द्र थापा क्षेत्री, विरचन्द्र कुलुङ राई, सुमित्रा घिसिङ, सुरज थिङ र सुरेश गिरि पनि सदस्यमा छानिएका छन् ।

यसैगरी मञ्चको सल्लाहकारमा जितबहादुर थापा सारु मगर (रोयल ) र प्रविन पौडेललाई मनोनयन गरिएको छ । नेकपा एकीकृत (समाजवादी) का केन्द्रीय सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाह र केन्द्रीय सदस्य रामकुमारी झाक्रीको उपस्थितिमा भेला आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्