Logo
Logo

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा



माेरङ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ ले संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गर्दै आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो ।

समाजवादी दलको तर्फबाट सावित्री कुमारी रेग्मीले प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीलाई दलको नेता चयन भएको पत्र सोमबार हस्तान्तरण गरेकी थिइन् ।

सचिवालयमा दिइएको पत्रमा प्रदेश सरकारलाई आफ्नो दलको समर्थन नरेकोपनि जानकारी गराइएको छ । अब मुख्यमन्त्री आचार्यले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्छ।

यसैबीच एकीकृत समाजवादी पार्टी प्रदेश १ ले संसदीय दलको बैठकले आगामी सरकार निर्माणका लागि गठबन्धन दलभित्र छलफल गर्न संसदीय दलका नेता राजेन्द्र राई र सांसद राजन राईको नेतृत्वमा समिति गठन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्