Logo
Logo

वागमतीमा नयाँ सरकार बनाउन समन्वय गर्ने जिम्मा राजेन्द्र पाण्डेलाई



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) वागमती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको हो ।

बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएका थिए ।

तर, उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए । यस्तै, बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मतरूपमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्