Logo
Logo

सुदूरपश्चिम सरकारलाई एकीकृत समाजवादीको समर्थन



धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सोमबार ज्येष्ठ सदस्य बलबहादुर स्वडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकले संसदीय दलको नेता चयन भने चयन गर्न सकेन । यद्यपि, बैठकले प्रदेश सभा सदस्य दुर्गा विक, अमर साउद र कलवीर चौधरी रहने गरी विधान मस्यौदा समिति बनाएको छ ।

प्रदेशमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । उसका १४ जना प्रदेश सभा सदस्य छन् भने दुई जना सरकारमा सहभागी छन् । एमालेमै रहँदा सरकारमा सहभागी भएका दुवैले एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्