Logo
Logo

एमसीसी सम्झौता अनुमोदन गर्नुपर्छ : बाबुराम भट्टराई



गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्नुपर्ने बताएका छन् ।

सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले राष्ट्रिय सहमति गरेर एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘एमसीसी सम्झौता राजनीतिक दलहरुबीच छिटो सहमति गरेर अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ ।’

एमसीसी परियोजना फिर्ता जाने खतरा पनि रहेको भट्टराईले बताए । उनले भने, ‘एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग कुराकानी भयो, छिटो निर्णय गर्नुपर्‍यो नत्र फिर्ता गर्न बाध्य हुन्छौँ भन्ने उहाँको आशय थियो ।’

अहिले एमसीसीको विषय गिजोलिएर जनस्तरसम्म कित्ताबन्दी भएको भन्दै भट्टराईले यसलाई बेलैमा टुंगो लगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्