Logo
Logo

एमालेसँग संवाद गर्न सभामुखलाई सुझावदेखि वडा अधिवेशन पुनः गर्नुपर्ने पौडेलको मागसम्म



हेडलाइन्स् :

१. अवरुद्ध बनेको संसद बैठक सञ्चालन गर्ने विषयमा सभामुख अग्नि सापकोटाद्वारा आह्वान गरिएको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि बैठक विना निष्कर्ष टुंगियो, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा आह्वान गर्न पटकपटक गरिएको प्रयास निरर्थक भएको सभामुखले दिए बैठकमा जानकारी, पुनः प्रंतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सभामुखलाई दलहरूको सुझाव, संसदमा एमालेले प्रयोग गरेको शब्दले मर्यादाको सीमा नाघेको माधवकुमार नेपालको टिप्पणी ।

२. प्रधानन्यायाधीशविना संवैधानिक इजलासले न्याय निरुपण गर्न सक्ने कि नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाटै टुंगो लगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सकारात्मक, सर्वोच्च अदालतमा एक महिनाभित्र गोलाप्रथाबाट इजलास गठन हुने र त्यसका आधारमा मुद्दाको पेशी तोकिने, केही समय रहने गोलाप्रथालाई स्वचालित प्रकृतिको सफ्टवेयर प्रणालीले विस्थापित गर्ने, बार–बेञ्च समन्वय समितिको बैठकमा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता ।

३. डडेलधुरा अधिवेशनले महाधिवेशनको निष्पक्षता र पारदर्शिताका विषयमा प्रश्न उठाएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, डडेलधुरा अधिवेशन पुनः नयाँ मिति तोकेर गर्नुपर्ने माग, सभापति शेरबहादुर देउवाले राज्यशक्तिको प्रयोग गरी अधिवेशन गर्ने प्रयास गर्नु अलोकतान्त्रिक र आपत्तिजनकमात्रै नभएर चरम अराजकता र मनपरितन्त्र भएको पौडेलको टिप्पणी, कुनै पनि हालतमा अधिवेशन नदोहोरिने देउवा पक्षको अडान ।

४. वागमतीमा एमालेको सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय नेकपा एकीकृत समाजवादीको निर्णय, गठबन्धनमा सामेल भएका दलहरू कांग्रेस र माओवादी केन्द्रसँग समन्वय गर्नका लागि पाण्डेलाई जिम्मा दिइयो, बहुमत गुमाइसकेको सरकारलाई विकास निर्माणका कार्यक्रम स्वीकृत गर्न, निश्चित सर्तका आधारमा वितरण गर्ने गरी राखिएको अबण्डाका रकम निकास नगर्न समेत चेतावनी, वागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देल नियुक्त ।

५. नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई दियो जानकारी, राजनीतिक रुपमा अल्पमतमा परेका बेला मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य सोमबारबाट वैधानिक रुपमा अल्पमतमा, असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने, आगामी सरकार निर्माणका लागि गठबन्धन दलभित्र छलफल गर्न संसदीय दलका नेता राजेन्द्र राई र सांसद राजन राईको नेतृत्वमा समिति गठन ।

६. नेकपा एकीकृत समाजवादीको प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महता चयन, प्रदेश २ सरकारमा सहभागी हुने, सरकारमा सहभागी हुने विषयमा महताले नै मुख्यमन्त्री लालबाबु राउतसँग समन्वय गर्ने, वडा, पालिका र जिल्ला स्तरसम्म सशक्त ढंगले संगठन विस्तार गर्ने निर्णय ।

७. पछिल्लो २४ घण्टामा १ हजार १४९ जनामा कोरोना संक्रमण पुष्टि, १२ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी, २४ घण्टामा १ हजार २ सय ६० जना संक्रमणमुक्त, १६ जना संक्रमितको मृत्यु , देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० पुग्यो ।

८. नेप्सेमा झिनो सुधार, कारोबार रकम सामान्य घट्यो, सुन चाँदीको मूल्यमा सामान्य वृद्धि. कोरोना भाइरसकै बीच नै इन्टरनेट सेवाप्रदायकले बढाए २५ लाख ग्राहक, मोबाइल ब्रोडब्याण्ड तर्फ ३० प्रतिशतले बढे, बजेट अनुसार आवश्यक मल खरिद गर्न नसकिने अर्थ मन्त्रालयको भनाइ, स्रोत सुनिश्चित नभएका कार्यक्रम र अनुसूची सार्वजनिकमा अर्थमन्त्रालयको आनाकानी ।

९. आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो खेलमा अमेरिकाद्वारा नेपाललाई २ सय ३१ रनको लक्ष्य, नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले लिए २/२ विकेट , एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टोली उज्वेकिस्तान प्रस्थान, नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्ने ।

Image

१०.र, राष्ट्रसंघद्धारा अफगानिस्तानमा ठूलो मानवीय संकटको चेतावनी, तालिवानद्वारा पुरुष र महिलाको सहशिक्षामा प्रतिबन्ध,कतारका विदेशमन्त्री अफगानिस्तानमा, उत्तर कोरियाले फेरि ग¥यो क्रुज मिसाइलको परीक्षण, १५ सय किमिको दुरीसम्म मार हान्न सक्ने, स्पेनको जंगलमा भीषण आगलागी, दुई हजार नागरिक विस्थापित,चिनियाँ पनडुब्बी जहाज आफ्नो समुद्री इलाकामा घुसपैठ गरेको जापानको आरोप ।

प्रतिक्रिया दिनुहोस्