सशस्त्र प्रहरीमा बेथितिको चाङ « Drishti News – Nepalese News Portal
Logo

सशस्त्र प्रहरीमा बेथितिको चाङ


दृष्टि न्यूज


काठमाडौं । सशस्त्र प्रहरी बलमा हरेक बर्ष साउन महिनामा हुने सबै तहका कमान्डरको सरुवा हालसम्म पनि हुन नसक्दा देशभरी अनियमितता बढेको छ । सरुवाको पखाईमा रहेका कमाण्डरहरु अनियमिततातर्फ लागेका छन् ।

तराईमा खुला सीमाबाट तस्करी तथा पहाडमा रासनमा बदमासी बढेको छ । तराईमा खासगरी २ नम्बर प्रदेशमा तस्करी बढेको छ । २ नम्बर छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी चन्द्र प्रकाश गौतमले माछा र आलु समात्न लगाएर अन्य तस्करी गराउन लागिपरेको सशस्त्रका कर्मचारीहरु बताउँछन् ।

सर्लाहीस्थित तत्कालीन सीमा सुरक्षा कार्यालयको प्रमुख हुँदा ५ जना सम्म घुमुवा राखेर अबैध आर्जन गरेका गौतमले अहिले कुरा चर्का गर्ने तर लाइन मिलाएर तस्करी गराउँदै आएको प्रदेशका एक गणपतिले बताए । त्यस बेला सुरक्षा योजना लागू हुँदा दर्जनौँ बेस र बिओपी स्थापना गर्न आएको करोडौं रकममा एक रुपैयाँ पनि सम्बन्धित बेस बिओपीमा नगएको स्रोत बताउँछ । अहिले उनी सामान्य गल्तीमा कारबाही गरेर चर्चा कमाउने र तर ठूला सेटिङमा आँखा चिम्लने गरेका छन् । विगतमा सर्लाही र सप्तरीमा हुँदादेखिको सेटिङ अहिले बाहिनीपति हुँदा पनि चलिरहेको स्रोत बताउँछ ।

यता पहाडमा भने ढिलो सरुवाको फाइदा उठाउँदै ब्यापक मात्रामा बिदा छाडेर राशनमा बदमासी भइरहेको छ । यसमा पाँचथरका डिएसपी किशोर श्रेष्ठ, दोलखाका डिएसपी बुद्धिनारायण महर्जन, रामेछपका डिएसपि केशव प्याकुरेल छन् । अहिले ती गुल्ममा ३० प्रतिशत जनशक्ति पनि ब्यारेकमा छैनन् । यस्तो बदमासीलाई माथिदेखिकै संरक्षण रहेको स्रोत बताउँछ ।

बिओपीका इन्सपेक्टरदेखि बाहिनीपतिको एक वर्षको अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । सरुवामा अत्याधिक चलखेल हुन समयमा निर्णय हुन नसकेको स्रोत बताउँछ । यसले सुरक्षा निकायलाई कमजोर बनाएको छ भने अनियमितता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्