बस र ट्रक ठोक्किंदा गैंडाकोटमा ३ जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

बस र ट्रक ठोक्किंदा गैंडाकोटमा ३ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा नवलपुरको गैंडाकोटमा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको परिचय खुलेको छैन ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्