Logo
Logo

आज प्रतिनिधिसभा बैठक बस्दै



तस्विर : फाईल

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्ने भएको संघीय संसद सचिवालयले बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ । संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन् ।

सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक पनि राखेका थिए । उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।

एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ । कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाएको छ ।

सरकारले गत शुक्रबार एमालेको विरोधबीच प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्