Logo
Logo

दुई महिनापछि गण्डकी प्रदेशसभा बैठक बस्दै



काठमाडौं । गण्डकीको प्रदेशसभा बैठक आज बस्दै छ । ३० असारमा प्रमुख प्रतिपक्षीको विरोधका बीच मार्सल लगाएर बजेट पास भएपछि स्थगित सदन मंगलबारबाट सुरु हुन लागेको हो ।

संसद् सचिवालयमा पाँच वटा विधेयक दर्ता भएका छन् । एउटा विधेयक सामान्य छलफलपछि दफाबार छलफलका लागि विधायन समितिमा पठाइएको छ भने चार वटा विधेयक मंगलबारको बैठकमा ‘टेबुल’ हुने छ ।

संसद सचिवालयका अनुसार आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक संसदमा प्रस्तुत हुनेछ ।

आजको बैठकले दुईवटा समितिको सभापति चयन गर्नेछ । प्रतिपक्षी सत्ता र सत्तापक्ष प्रतिपक्षी बनेपछि समिति पनि हेरफेर हुन लागेको हो । तत्कालीन सत्तापक्ष एमालेले सम्हाल्दै आएको विधायन समितिको सभापति अब कांग्रेसले पाउने छ भने तत्कालीन प्रतिपक्षी कांग्रेसले सम्हालेको सार्वजनिक लेखा समिति एमालेले पाउने छ ।

प्रतिक्रिया दिनुहोस्