Logo
Logo

आफ्नै शिशुको घाँटी रेटी हत्या गरेको आरोपमा आमा–बुबा पक्राउ



रुपन्देही । आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा रुपन्देही गैडहवाका एक दम्पती पक्राउ परेका छन् ।

आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरुले आफ्नै शिशुको घाँटी रेटेर हत्या गरेका थिए ।

जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको र घटना सोही भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्