Logo
Logo

शोक प्रस्ताव पारित



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाका पूर्वसदस्य रुक्म शमशेर राणा र संविधानसभा सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत सो शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । विसं २०४८ मा राष्ट्रियसभामा मनोनीत सदस्य स्व राणा भारतका लागि पूर्वराजदूतसमेत थिए ।

उनी राष्ट्रिय खेलकूद परिषद्को पूर्वसदस्यसचिवसमेत थिए । उनको ८६ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको थियो ।

संविधानसभा सदस्य महतोको ७२ वर्षको उमेरमा यही भदौ २७ मा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्