Logo
Logo

एटिभीमा भ्रष्टचार



काठमाडौं । नेपाल टेलिभिजनको ‘स्याटेलाइट’ खरिद सम्झौता त्यहाँका भ्रष्ट कर्मचारीहरुका लागि दुहुनो गाई बन्दै आएको छ । ‘स्याटेलाइट’मा भएको भ्रष्टाचारबारे जति समाचार लेखे पनि भ्रष्ट कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै आँखा चिम्लिदिएपछि कसैको केही नलाग्ने भएको छ ।

गत सेप्टेम्बर १० तारिख २०२१ मा नेपाल टेलिभिजन र थाइकमबीचको सम्झौता सकिन लाग्दा २५ मेगाहर्ज स्याटेलाइट ब्याण्डविथको बोलपत्र पाखा लगाइ भ्रष्ट कर्मचारीहरुले एक मेगाहर्जको एक महिनाको २३ सय अमेरिकी डलरमा ३ महिनाको लागि सम्झौता गर्न खोजेका छन् ।

यी दुई एनटिभी र कान्तिपुरबीचको मूल्यमा १ मेगाहर्जको १ महिनाको मात्रै १९५६.६७ अमेरिकी डलरले फरक देखिन्छ । र यो कामको सिलसिला सन् २००५ देखि नै एकपछि अर्को सम्झौता र पूरक सम्झौता गरी एनटिभीलाई लुटिरहेको प्रष्ट हुन्छ । कमिशन खानकै लागि केही महिनाअघि एनटिभीले प्रकाशित गरेको २५ मेगाहर्ज स्याटेलाइट ब्याण्डविथ भाडामा लिन गरिएको बोलपत्र रद्द गर्न लागेको छ ।

कान्तिपुर टिभीले प्रयोग गरिरहेको एपस्टार सेभेनकै ४.५ मेगाहर्ज स्याटेलाइट ब्याण्डविथको १ महिना बिल हो । जसमा उसले ४.५ मेगाहर्ज स्याटेलाइट ब्याण्डविथको १ महिनाको लागि ६९०० अमेरिकी डलर तिरेको देखिन्छ । जसअनुसार १ मेगाहर्जको १ महिनाको १५३३.३३ अमेरिकी डलर मात्रै पर्न आउँछ ।

यो एनटिभीले प्रयोग गरेको २० मेगाहर्ज व्याण्डविथको ३ महिनाको बिल हो । जसमा १ मेगाहर्जको १ महिनाको ३४९० अमेरिकी डलर एनटिभीले तिरिरहेको छ । र यो बिलमा रकम तोकिएको छ तर उक्त रकम के कति स्याटेलाइट व्याण्डविथवापतको भन्ने कुरा कही उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्