Logo
Logo

एक हजार ५६२ संक्रमित थपिए, १९ जनाको मृत्यु



काठमाडौं । नेपालमा मंगलबार एक हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ४४३ नमुना परीक्षण गर्दा एक हजार ५६२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार १८० र एन्टिजेनबाट ३८२ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १० हजार २६६ जनाको पीसीआर र चार हजार १७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

त्यस्तै सोही अवधिमा एक हजार ५८९ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्