Logo
Logo

एमालेको सुदूरपश्चिम इन्चार्ज म नै हुँ : लेखराज भट्ट



कञ्चचनपुर । नेकपा एमालेका नेता लेखराज भट्टले सुदूरपश्चिमको पार्टी इन्चार्ज आफू नै रहेको बताएका छन् । मंगलबार कञ्चचनपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिमको पार्टी इन्चार्ज आफू नै रहेको दाबी गरेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसबारे प्रष्ट पारिसकेको र कुनै पनि विवाद नभएको उनले बताए । उनले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट रुपमा इन्चार्ज को हुने भन्ने बताइसक्नु भएको छ, अब यता कुनै विवाद छैन ।’

भट्टले आफूले उपाध्यक्ष भीम रावललाई नेता नै मानेको भन्दै कुनै विवाद नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्