Logo
Logo

सभामुख संसदमा प्रचण्डको कार्यकर्ता बनेको लेखराज भट्टको आरोप



काठमाडौं । एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटा संसद्मा माओवादी कार्यकर्ताको रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टले सभामुख सापकोटा निष्पक्ष नभएकै कारण एमालेले संसद अवरुद्ध गर्नुपरेको बताएका हुन् ।

उनले गल्ती सच्याएर माफी नमागेसम्म संसद नचल्ने दावी गरे । उनले सर्वदलीय बैठकमा समेत सत्ता साझेदार गठबन्धन बाहेकका दललाई नबोलाएको समेत उनको गुनासो थियो ।

सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयमा पार्टी अध्यक्ष र स्थायी कमिटीले जिम्मेवारी दिएको उनले बताए । अहिलेको एमाले जेठ २, जेठ ३ र सर्वोच्चको फैसलापछिको भएकाले त्यसको भावनाअनुसार अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्