आन्तरिक निर्वाचनका लागि माओवादीले बनायो निर्वाचन आयोग « Drishti News – Nepalese News Portal
Logo

आन्तरिक निर्वाचनका लागि माओवादीले बनायो निर्वाचन आयोग


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मको आन्तरिक निर्वाचनका लागि निर्वाचन आयोग गठन गरेको छ ।

मंगलबार पेरिसडाँडामा बसेको माओवादी स्थायी समितिको बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।

गठन भएको आयोगलाई आफ्नो नियमावली र निर्देशिकालगायतका कुरा बनाउने जिम्मा दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यस्तै, बैठकले राष्ट्रिय सम्मेलनबाट पारित गर्ने गरी विधानको टुंगो समेत लगाएको प्रवक्ता महराले बताए ।

माओवादीसँग एकता गरेका विभिन्न पार्टी र नेताहरूको जिम्मेवारी कुन तहमा कसरी गर्ने भन्ने तय गर्न गठित कार्यदलको समय पनि थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्