Logo
Logo

१० बुँदे सहमति कार्यान्वयन हुने भीम रावलकाे दावी



धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले विभाजन रोक्न गरिएको १० बुँदे सहमति कार्यान्वयन हुने दावी गरेका छन् ।

मंगलबार धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष रावलले कुनै पनि हालतमा १० बुँदे सहमति कार्यान्वयन भएरै छाड्ने बताएका हुन् ।

उनले पदका लागि केहीले पार्टी छोडेको भन्दै १० बुँदे सहमति कार्यान्वयनसँगै एमाले थप मजबुत हुने दावी गरे । एमाले छोडेर समाजबादीमा लागेका नेताहरु एमसीसीका बारेमा किन चुप बसेका छन् भन्दै प्रश्न गरेका रावलले आफु पद र प्रतिष्ठाका लागि कम्युनिष्ट नभएको बताए ।

उनले एमालेमाबाट जितेर समाजवादीमा लाग्ने नेताहरुलाई जनताले चुनावमार्फत दण्डित गर्ने ठोकुवा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्