Logo
Logo

विद्यालय प्रांगणमै शिक्षकको विभत्स हत्या, दुई पक्राउ



दैलेख । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको विभत्स हत्या भएको छ । मंगलबार बिहान उनको शव विद्यालयको बरन्डामा फेला परेको हो ।

दैलेख प्रहरीका अनुसार शिक्षक बिसीको घाँटी रेटेर हत्या गरिएको छ । मंगलबार बिहान दूध पु¥याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या आशङ्कामा दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणका लिएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्द्रजीत सुनारले हत्याको आशङ्कामा ती व्यक्तिहरूलाई नियन्त्रणका लगेर दैलेख सदरमुकाम पुर्याइएकाे प्रहरीले जनाएकाे छ । यद्यपि, उनीहरूकाे नाम भने खुलाइएकाे छैन ।

शिक्षक बिसी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्