Logo
Logo

टोपबहादुरको हुँकार, ‘महागठबन्धनलाई चुनावबाटै परास्त गछौंँ’



बुटवल । नेकपा एमाले नेता टोपबहादुर रायमाझीले एमाले र केपी ओलीविरुद्धको गठबन्धनलाई चुनावबाटै परास्त गर्ने बताएका छन् । बुधबार बुटवलमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले यस्तो हुँकार गरेका हुन् । उनले प्रचण्डले नेकपा विभाजन गरेर हिँडेकाले आफूहरू केपी ओलीको पक्षमा लागेको बताए ।

फाइल तस्बिर

‘पार्टी एकतालाई व्यक्तिगत फाइदाको लागि उपयोग गर्न खोज्नुभयो । अनावश्यकरूपमा खिचलो सिर्जना गरेर फुटाउने कुचेष्टा गर्नुभयो’ उनले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, ‘हामीले अन्तिमसम्म ओलीको नेतृत्वमा पार्टीलाई एकताबद्ध राख्न खोज्यौँ । तर, उहाँहरूको नियत ठीक नभएकाले नेकपा छाडेर भाग्नुभयो ।’

पूर्वमाओवादी नेता रायमाझीले केपी ओलीले समृद्धिको नेतृत्व गरेका कारण आफूहरू प्रचण्डसँग जान नसकेको बताए । उनले भने, ‘सूर्य र गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडेर जित्ने अनि रुख चिन्हको नेतालाई प्रधानमन्त्री बनाउन हिँड्नेहरूले ऐतिहासिक भूल गरेका छन् । कांग्रेसको पुच्छर भएर हिँडेकाहरूले समाजवादको कुरा गर्न सुहाउँदैन ।’

नेता रायमाझीले आफ्नै बुतामा चुनाव लडेर जित्ने हिम्मत नभएपछि कांग्रेसको सहारा खोज्न प्रचण्ड माधव हिँडिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्