Logo
Logo

१३ नम्बर पिलरको निरीक्षण गर्न १६ जनाको टोली



मुगु । नेपाल-चीन सीमाको १३ नम्बर पिलरको निरीक्षणका लागि १६ जनाको टोली खटिएको छ ।

मुगु तिब्बत सीमा स्तम्भ निरिक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइराला नेतृत्वमा टोली खटिएको हो । टालीमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहित १२ जना सशस्त्र प्रहरी र ४ जना जनपथ प्रहरी रहेका छन् ।

उक्त टाली बुधबार १३ नम्बर पिलर त्यसतर्फ गएको छ । टोलीलाई सीमा स्तम्भसम्म पुग्न करिब ३ दिन लाग्ने छ ।

सीमा स्तम्भमा खटिएको टोलीलाई गमगढीदेखि छाइल बजारसम्म सडक सुविधा भएपनि त्यहाँदेखि पूलु, तिहारगुम्बा, चितैकुना, सिरानीचौर र मुगु गाउँ हुँदै सीमा स्तम्भसम्म पुग्न पैदल हिँडनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्