Logo
Logo

बन्द तथा समस्याग्रस्त उद्योगको सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिन्छौँ : अर्थमन्त्री वाग्ले


0
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी नीजि क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: wakle.jpg

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दैउनले यस्तो बताएका हुन् ।  उनले सरकार आफैँले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताए । यनले सरकारी स्वामित्वका उद्योगको सम्पत्ती र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पुरा गरेर नीति क्षेत्रलाई हस्तान्तरण गरिने बताएका हुन् । उनका अनुसार गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलगायत सातवटा उद्योगको विस्तृत मूल्याङ्कन ९डीडीए० गरिएको छ । ती निकायको मूल्यांकनका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरी निजी क्षेत्रलाई सञ्चालनका दिन सकिने उनको भनाइ छ । उनले विगतमा उत्पन्न भएका विवादित विषयलाई नछोई निजी क्षेत्रले सञ्चालनको जिम्मेवारी लिन सक्ने व्यवस्था मिलाइने बताए । तर उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘सरकारले उद्योग नै चलाउन थाल्यो कि भन्ने छ । हामीले धुलो टक्टक्याएका हौँ। यसलाई एउटा निश्चित बिन्दुमा पु‍¥याएर निजी क्षेत्रलाई नै दिने हो ।  हिजो भर्खर अन्जनजी समेत मेम्बर हुनुभएको हाम्रो सार्वजनिक लगानी व्यवस्थापन समिति छ । अर्थमन्त्रीको नेतृत्वमा गोरखकाली, हेटौडा सिमेन्ट, उदयपुरको विधिवत  डीडिए गरिएको छ । सातवटा यस्ता निकायहरूको डीडिएको निष्कर्षअनुरूप हामी सरकारी जग्गा, सरकारी स्वामित्वमा केही थपघट होला तर यो नेपाली जनताको स्वामित्वमा रहेको जग्गाका कुराहरू छन् । २०४८ सालमा ठूलो विवाद पनि आयो, त्यसलाई हामी छुँदैनौँ तर निजी क्षेत्रलाई नै अपरेसनल लिजमा चाहिँ चलाउन सक्छु भनेर आउनेहरूलाई दिने वातावरण बनाउँदै छौँ । तर त्यसको त्योभन्दा अगावै दशकौँसम्म ऋण, ब्याज, सावाँ यो सबैले थिचेर बसेका धेरै आर्थिक दायित्वहरूलाई फरफारक गर्नुपर्नेछ । त्यतातिर हामीले एकदमै मेहेनतका साथ काम गरिरहेका छौँ । त्यो निजी क्षेत्रलाई नै चलाउन दिने गरेर हामी अगाडि बढ्ने हो । त्यसैले यो प्रिम्याच्योर भाष्य जुन निर्माण गर्न खोजिन्छ यो उपयोगी होइन ।’

अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रको वैध नाफामाथि शङ्का गर्नेभन्दा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउनेमा केन्द्रित रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्