Logo
Logo

‘निमार्ण व्यवसायीले गरेका नराम्रा कामको प्रभाव पार्टीले भग्नु नपरोस्’



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरेक निर्माण व्यवसायीले आफूले जिम्मा लिएको काम समयमै गुणस्तरीयताका साथ सम्पन्न गर्नुपर्ने बताएकी छन् ।

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोध गर्दै सो कुरा बताएकी हुन् ।

निमार्ण व्यवसायीले समयमै काम सके मुलुकमा समृद्धि हासिल गर्ने बताइन् । उनले भनिन् ‘तपाई व्यवसायीले गरेका नराम्रा कामको प्रभाव कुनै पनि पार्टीले भग्नु नपरोस् भन्ने हामी चाहन्छौ ।’

नेकपा माओवादी केन्द्र ललितपुरका जिल्ला इन्चार्ज हरि दाहाल र केन्द्रिय सदस्य गङ्गा कार्कीले यस व्यवसायलाई सम्मानित पेसाका रुपमा विकास गर्नुपर्ने बताउँदै यसमा देखिएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्