Logo
Logo

एमालेले भन्याे- हाम्राे कारणले बजेट पारित नभएकाे हाेइन



काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदबाट बजेट पास नहुनुमा प्रतिपक्षको कुनै दोष नरहेको प्रष्टीकरण दिएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै एमालेले संसदबाट बजेट पास नहुनुमा प्रतिपक्षको नभई सत्ता पक्ष नै मुख्य दोषी रहेको जनाएको हो ।

(एमाले) ले सरकारले बजेट पारित गर्ने कुरालाई महत्व नदिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको जिकिर गरेको छ। महासचिव ईश्वर पोखरेलद्वारा जारी गरिएकाे विज्ञप्तिमा सरकार सत्ता स्वार्थमा अलमलिँदा अहिलेको अवस्था आएको समेत आरोप लगाइएको छ ।

‘गठबन्धन सरकार र पुनःस्थापित प्रतिनिधिसभाको सर्वाधिक महत्वको कर्तव्य संवैधानिक र कानुनी व्यवस्थाअनुरुप बजेट अध्यादेशलाई संसदमा प्रस्तुत गरी पारित गर्नुपर्दथ्यो। तर सरकारले प्रतिनिधिसभा बैठक सुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदिई सत्ता स्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको छ । पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बजेट पारित गर्ने प्रमुख दायित्व रहने बर्षे अधिवेशन, बजेट अध्यादेश अलपत्र पारेर हठात अन्त्य गरियो।’

प्रचार गरिएजस्तो आफूहरुको संसद अवरोधले बजेट पारित गर्न कुनै समस्या नभएको एमालेको दाबी छ। यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको समेत उल्लेख गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्