निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेला हुँदै « Drishti News – Nepalese News Portal
Logo

निजामती कर्मचारी सङ्गठनको राष्ट्रिय भेला हुँदै


दृष्टि संवाददाता


काठमाडौं । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले आगामी असोज २ गते काठमाडौँमा राष्ट्रिय भेलाको गर्ने भएको छ ।

नेकपा (एमाले) निकट मानिने उक्त सङ्गठनले पार्टी विभाजनले आफ्नो क्षेत्रमा खासै असर नपरेको जनाउँदै मूल प्रवाहबाट नबारिहन भेलाबाट आह्वान गर्न लागेको हो ।

यो सङ्गठनले आधिकारिक ट्रेड युनियनमा बहुमत सङ्ख्यामा प्रतिनिधित्व गर्दै आएको छ । भेलामा यसअघि युनियनमा प्रतिनिधित्व गर्नेका बारेमा पनि समीक्षा हुने जनाइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र देशभरका निकायबाट करिब एक हजार कार्यकर्ता सहभागी हुनेछन् ।

भेलाकै अवसरमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहित उक्त सङ्गठनका करिब १०० जना केन्द्रीय सदस्य आफ्नो सङ्गठनका एकताबद्ध हुने सङ्गठनका अध्यक्ष केदार देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्