Logo
Logo

राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार राति राष्ट्रपति भण्डारी र ओलीबीच शितल निवासमा भेटवार्ता भएको हो । उनीहरु करिब पौने दुई घण्टा भेटवार्ता भएको शितल निवास स्रोतले जनाएको छ ।

फाइल तस्बिर

उक्त भेटमा भएको छलफलको विषय खुलेको छैन । अध्यक्ष ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्दै आएका छन् । पछिल्लोपटक प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८ गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्