Logo
Logo

इन्टर्नसीपको माग गर्दै चीनमा पढेका विद्यार्थीको प्रदर्शन



काठमाडौं । चीनबाट एमबिबिएस उतिर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा आफुहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले केहि दिनमा इन्टर्नसीप सुरु हुने आश्वासन पटक पटक पाएपनि इन्टर्नसीप गर्न नपाएको उनीहरुको भनाई छ ।

कोरोनाका कारण चीनमा इन्टर्नसीप गर्न जान नपाएको भन्दै नेपालमा नै इन्टर्नसीप गर्न पाउनु पर्ने उनीहरुको माग छ । मेडिकल काउन्सिलको इन्टर्नसीप नियममा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने र यसप्रकारको इन्टर्नसीप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था स्पष्ट नहुँदा आफुहरुलाई इन्टर्नसीप गर्न रोकिएको बिद्याथीले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्